फेसबुकको दुरुपयोग गर्ने पत्रकार निलम्बित

नेपालगञ्ज, ७ भदौ– नेपाल पत्रकार महासङ्घ बाँकेका साधारण सदस्य पत्रकार प्रमोद रिजाललाई निलम्बन गरिएको छ ।

महासङ्घ जिल्ला कार्यसमितिको बुधबार बसेको बैठकले पत्रकार रिजालले फेसबुकमा महिला पत्रकारलाई अश्लिल भाषामा गालीगलौज गरेकाले निलम्बन गरेको हो । यसअघि शाखा अध्यक्ष ठाकुरसिंह थारूको अध्यक्षतामा बसेको बैठकले पत्रकार रिजाललाई निलम्बनका लागि केन्द्रमा सिफारिस गरेको थियो ।

यसअघि महासङ्घले पत्रकार विजय मल्ललाई फेसबुकमार्फत महासङ्घ र पदाधिकारीविरुद्ध अपमानजनक शब्दहरु प्रयोग गरेकाले सदस्यताबाट निलम्बन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *