सन्नी लियोनीले नेपाली फिल्म खेल्दै

काठमाण्डौँ,०६ भदौ । बलिउडकी चर्चित हट नायिका सन्नी लियोनीले नेपाली फिल्म खेल्ने भएकी छिन् । सन्नी लियोनीले चलचित्र ‘पासवर्ड’मा अभिनय गर्नै भएकी हुन् ।

लण्डनमा छायांकन हुन लागेको चलचित्र पासर्वडका लागि लियोनीले महंगो रकम लिएर काम गर्न लागेकी हुन् ।

हिन्दी र नेपाली फिल्मको सहकार्यमा बनिरहेको चलचित्रमा सन्नी लियोनीका साथ नेपाली फिल्म क्षेत्रका नायक अनुपविक्रम शाही, नायिका छुल्ठिम गुरुङ, कलाकारहरु रविन्द्र झा, प्रविण खतिवडालगायतले मुख्य भूमिकामा काम गर्ने भएका छन् ।

आफैले निर्देशन गर्न लागेको चलचित्रमा विक्रमको पनि अभिनय रहेको बताइएको छ । प्राविधिकदेखि चलचित्र खिच्नका लागि प्रयोग हुने सबै सामाग्री भारतदेखि नै लगिने नायक अनुप विक्रम शाहीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *