यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाण्डोँ,०६ भदौ । आजपनि कोरियनको वनको मूल्य भने केही पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रिदर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १० रुपैयाँ ०२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ४९ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ ४७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ३८ पैसा र बिक्रिदर २ सय ९६ रुपैयाँ ९७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुको भने केही रकम तलमाथी हुन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *