नमाज वाचनमा झडप,१० जना घाइते

महोत्तरी, ६ भदौ। महोत्तरीको लोहारपट्टी गाउँपालिका–३ मा रहेको मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा १० जना घाइते भएका छन् ।

लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको जनाएको छ ।

परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर नै गर्नुपरेको थियो । प्रहरीले भीड तितर–वितर पारेपछि अवस्था नियन्त्रणमा आए पनि विवाद मिलिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *