पहिरोले दुई घर पुरिए

डोल्पामा,५ भदौ – तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले एक घर पुरीएको छ ।अविरल वर्षासँगै खसेको पहिरोले स्थानीय राजबहादुर रोकाय र देउरुपा ठकुल्लाको घर पुरीएको हो । अर्का हरिबहादुर बुढामगरको घर भने भत्केको छ ।

पहिरोले घर भत्काए पनि मावनीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय, डोल्पाले जनाएको छ ।

शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । सुरक्षित ठाउँमा बस्ती सार्न आग्रह गरे पनि सरकारले चासो नदिएको गुनासो स्थानीयवासीले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *