दाउराले हानेर आफ्नै दाइको हत्या

रामेछाप,०४ भदौ – रामेछाप जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गोकुलगंगा गाउँपालिका वडा नम्बर –२, ठोसेको भित्तरी बस्ने २८ वर्षीय विष्णु खत्रीले ३२ वर्षीय दाजु पूर्णबहादुर खत्रीलाई घरायसी झैझगडामा दाउराले हानेर हत्या गरेका छन । सानो तिनो झगडामा उत्तिसको दाउराले दाइको टाउकोमा हिर्काउँदा पूर्णबहादुरको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी शिवालयबाट गएको प्रहरीले घटनामा संलग्न विष्णु खत्रीलाई पक्राउ गरेको छ ।

प्रकाउ परेका खत्रीलाई प्रहरीले कर्तव्य ज्यान मुद्धा दर्ता गरी रामेछाप जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *