घानीले गरे युद्धविरामको घोषणा

काबुल, अफगानिस्तान, ३ भदौ / अफगानिस्तानका राष्ट्रपतिले युद्धविरामको घोषणा गरेका छन् । युद्धविरामको एकतर्फी रूपमा घोषणा गरेका राष्ट्रपति असरफ घानीले विद्रोही शान्तिका लागि तयार भएमा कुनै पनि समय सम्झौता हुनसक्ने बताएका छन् ।

‘मैले भोली (सोमबार) देखि नै लागु हुने गरी प्रोफेट मोहम्मदको जन्मदिनको अवसरमा एक पटक फेरि युद्धविरामको घोषणा गरेको छु ।’ अफगानी जनताले इश्लाम धर्मगुरु प्रोफेट मोहम्मदको जन्मदिन नोभेम्बर २१मा मनाउने गर्छन् । युद्धविराम परस्परको विश्वासका आधारमा लम्बाउन सकिने घानीले बताएका छन् । -रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *