काँग्रेसका सहमहामन्त्री महतले भने, ‘समृद्धिको सपना बाँडेको सरकारले उल्टै कर थोपर्यो’

कञ्चनपुर, ४ भदौ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले सरकार र उसको निर्देशनमा स्थानीय तथा केन्द्रमा समेत थोपरिएको करले जनता आक्रान्त भएको बताए छन् ।
नेपाल महिला संघद्वारा आज कन्चनपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै डा.महतले भने– समृद्ध नेपाल बनाउँछौँ भनेर झुठा आश्वासन दिएर आएको सरकारले उल्टै जनतामा अव्यावहारिक रुपमा करको भारी बोकाइदिएको छ, यसले जनतामा निराशा मात्र होइन ठूलो त्रास छाएको छ ।

दुई तिहाई बहुमतको र पाँच वर्षका लागि भनिएको यो सरकार पहिलो छ महिनामै इतिहासमै सबैभन्दा बढी यसरी आलोचित भएको बताउँदै डा.महतले यो अवधिमै जनता वाक्क भएकोले सरकारको समृद्धि नामको सपना अब धेरै नपत्याउने बताए ।

काँग्रेसले अहिले सरकार अधिनायकवादतर्फ उन्मुख भएको र मनपर्दाे ढंगबाट शासन सञ्चालनको लक्षण देखाइसकेकोले सच्चियोस भनेर अवसर दिएको उल्लेखगर्दै यदि यस्तै त्रि mयाकलापकहरु जारी राख्ने हो र जनतामा आशको सट्टा त्रास थोपर्दै जाने हो भने काँग्रेस चुप लागेर नबस्ने उनले बताए ।

नेपाली काँग्रेसले अब आन्तरिक सुदृढिकरणका साथै संगठन निर्माण र देशव्यापी जागरण अभियान थालिसकेकोले नयाँ ढंगबाट अघि बढ्ने प्रतिबद्धताउनले व्यक्त गरे ।


नेपाली काँग्रेसको सरकारकै कारण देशमा महिला सशक्तिकरण भएको, संविधान निर्माण गर्दा तथा जारी गर्दा पनि काँग्रेसकै सरकार रहेकोले नेपालको संविधानमै महिला अधिकारको यथोचित व्यवस्था गर्न सम्भव भएको उनले बताए ।


स्थानीय तहदेखि प्रदेश हुदै केन्द्रसम्म महिलाको सक्रिय सहभागिता र राज्य प्रणालीमा उनीहरुको आरक्षण दिलाउने नेपाली काँग्रेसको सरकारको कार्य नेपालका महिला दिदीबहिनीहरुले कहिल्यै नबिर्सीने सहमहामन्त्री डा.महतले बताए ।


दुई दिनसम्म सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रममा सात नम्बर प्रदेशका नेपाल महिला संघका प्रतिनिधिहरु, स्थानीय तहमा रहेका महिला पदाधिकारीहरुसमेतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *