सुरक्षा गार्ड मृत अवस्थामा फेला

मोरङ, ३ भदौ– मोरङ विराटनगर–२ धरानरोड विक्की हार्डवेयरमा कार्यरत सुरक्षागार्ड विराटनगर पिपलचोकका ५० वर्षीय टङ्क भट्टराई मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक निशान थापाका अनुसार आज बिहान ९ :४५ बजे हार्डवेयरका कामदारले पसल खोल्ने क्रममा सुरक्षागार्ड भट्टराईको शव फेला पारेका हुन् । मृतक भट्टराईको शरीरमा रड, तथा भाला जस्तो हतियार प्रहार भएको देखिएको थापाले जानकारी दिएका छन् । घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको भए पनि सो घट्नामा संलग्नको पहिचान गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *