विराटनगरमा सुरक्षागार्डको हत्या : देब्रे आखा समेत राखेनन् हत्याराले

विराटनगर,०३ भदौ – विराटनगरमा एक हार्डवयर पसलका सुरक्षा गार्डका को हत्या भएको छ ।

विराटनगर महानगरपालिका २ धरान रोडस्थितमा रहेको न्यू बिक्की हार्डवेयरका सुरक्षा गार्डको रुपमा कार्यरत विराटनगरका ५० बर्षीय टंक भट्टराईको हत्या भएको हो ।

विराटनगरको पीपलचोक घर भएका भट्टराई राति हार्डवयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका भट्टराईको शव आइतवार विहान पसलको सुत्ने कोठाको खाटमुनि फेला परेको प्रहरीले जनाउको छ ।

सिरानीले मुख थुनएिको , अनुहार र शरीरका विभिन्न भागमा चोट र देब्रे आँखा निकालिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *