मनिषा कोइरालाले आफ्नो ४८ औं जन्मदिन मनाइन्, रेखाले दिइन् आशिर्वाद

एजेन्सी । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले गत १६ अगष्टको दिन आफ्नो ४८ औं जन्मदिन मनाएकी छन् । यसै मौकामा मनिषाले एक खास बर्थडे पार्टी राखेकी थिइन् । जहाँ धेरै विशेष व्यक्तित्वहरुले उपस्थिती जनाएका थिए ।


यसै मौकामा मनिषाकीे मार्ग दर्शक तथा साथी रेखाले मनिषाको निधारमा हात राखेर आशिर्वाद दिएकी छन् । साथै मनिषाको यस पार्टीमा फिल्मकर्मी विधु विनोद चोपाडा, मनिषाकी आमा सुष्मा कोइराला, उषा काड्के लगाएतले उपस्थिती जनाएका थिए ।


फिल्म सञ्जुमा नरगीसको भुमिका निभाएकी मनिषाले अब एक डिटेक्टिभ वेबत्र सिरिजको हिस्सा बन्नेछन् । एप्लस इन्टरटेन्मेन्टको संस्थापक समीर नायरले युएसको क्राइम थ्रिलर आईविटनेश (२०१६)लाई हिन्दीमा लिएकर आउँदैछन् । यसमा अभिनेत्री मनिषा कोइरालालाई कास्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *