स्वतन्त्रता दिवसको अवसरमा भारतले दियो उपहार !

काठमाण्डौँ ,३० साउन भारतको ७२औं स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न सामाजिक संघसंस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ ।

यस अघी भारतले भारतीय स्वतन्त्रता दिवसकै अवसर पारेर नै विभिन्न सामाजिक संघ, संस्थालाई ६ सय ९२ वटा एम्बुलेन्स, १ सय ३६ वटा बस उपलब्ध गराइसकेको छ। स्वतन्त्रता दिवसको अवसरपारे नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई ३० वटा एम्बुलेन्स र ६ वटा बस उपलब्ध गराएको हो।

लैनचौरस्थित भारतीय राजदूतावासमा आज आयोजित समारोहमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका विभिन्न संघ, संस्थाहरुलाई एम्बुलेन्स तथा बसहरु उपलब्ध गराएका हुन । समारोहमा भारतीय सेनामा गई वीरगति प्राप्त गरेका तथा अपांग भएका नेपालका परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल पनि वितरण गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *