मन को कुनामा रहेको तितो अनुभव

थानु सुवेदी,

सेतो आइरन गरेको शर्ट र कलर बाहिर देखाउनलाई लगाईएको सुनको सिक्री, गोरो अग्लो, हेर्दा हिरो जस्तै देखिने, बोलीमा आफ्नै किसिमको तडक भडक थियो । यहाँ जस्तो देखिन्छन् त्यति नै धनी हुदैनन् मान्छे । म पनि त धनी छु । फरक यति हो धन छैन तर ठूलो मन छ, ठूलो सोच छ, धनीहरुको प्रतिस्पर्धामा आफैलाई उभ्याउँछु ।

जहिले पनि आफुलाई धनी नै छु जस्तो लाग्छ । काली कानमै आएर बोल्छे धत् लाटा यिनिहरु पैसाको कुरा गरेका छन् तिमी मनको कुरा नगर, अक्सर जब म मौनतामा हराउँछु काली आईहल्छे मेरो मौनता भंग गर्न, जिस्काउन र सम्झाउन।

सबै ठीक छ मैले भनिदिएको छु, अब सर एकछिनमा आउनुहुन्छ तम्तयार भएर बस्नु उ बोल्यो । हस सर, भनेर म लाईनमा नै खडा भए । भनेपपछि फेरी अर्को सर पनि रहेछन् ।
यहाँ सम्म आइपुग्दा मैले ३ जनालाई सर र तपाईं भनेर सम्बोधन गरिसके। सायद स्कुल पढ्दा यति सम्मान पढाउने सरहरुलाई गरेको थिईन होला जति सम्मान आज यी अपरिचित हरुलाई गर्दै छु । सेतो बोलेरो गाडीमा कालो कोट ठूलो भुँडी उहीँ चाला घाँटीमा ठूलो सुनको सिक्री हातमा ब्रासलेट । देब्रे हातले केही कागजपत्र बोकेको जस्तो मानिस सरासर गेटबाट भित्र आयो । सबैले नमस्कार गरे दाइने हातले माथी नमस्कारको उत्तर दिदै सरासर उ भित्र पस्यो ।

पालो आयो भित्र पसे बस्नलाई अनुमती दिए । भाई कहिल्यै बिदेश गएका छौ ? के छ सीप ? जानेको केही छ अंग्रेजी, बोल्न आउँछ ? यस्तै सामान्य प्रस्न गर्यो । प्रश्नका हरेक जवाफहरु मलिन र भद्र भएर दिए । डकुमेन्ट हेरे र कालो कलमले केही लेख्यो र भन्यो फाईनल अन्तबार्ताको लागि ४ गते आउनु आज लाई डकुमेन्ट यहि छोडेर जानू। हस सर भनेर बाहिर निस्के।

अनुहारमा फुस्रो सपनाका डिम्पलहरुको लाईनमा थिए म । कोही बोल्छन्, मलाई त केही सोधेन यार एकै चोटि फाईनलमा पठायो, कोही बोल्छन् खोइ डकुमेन्ट मिलेन रे । म अचम्मित भए यहाँ पैसा तिरेर आफ्नै लिलामी गर्नु पर्ने, सीप सिकेर नि आफ्नै पैसाले बेचिनु पर्ने, भविस्य खोज्न विदेश जानै पर्ने । अवाक छु म बेचैनका उदासी पनलाई मन भित्र कुन्ठित गरेर माईक्रो चढे । गाडी भित्र बजिरहेको थियो हिन्दी गीत ‘तुज्से नाराज नहि जिन्दगी, हैरान हु मे, हो हैरान हु मे, तेरे मासुम सवाल से परिसान हु मे हो परिसान हु मे’

Leave a Reply

Your email address will not be published. Required fields are marked *