दुई बच्चा र पत्नीसँग सुतेका लघुबित्तका प्रमुख बगाले आँधीखोलामा मृत भेटिए

स्याङ्जा । गत आइतबार दुई बच्चा र पत्नीसँग सुतेका प्रकाश बगाले सोमबार साढे ४ बजे उठेका थिए । सोमबार एकाबिहानै वालिङ नगरपालिका–८ स्थित जैंसी पधेराबाट सुकौली जाने पक्की पुलको छेमा चाबीसहितको मोटरसाइकल, हेल्मेट, चप्पल र चुरोटको खाली बट्टा भेटाएपछि त्यहाँका स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी घटनास्थलमा पुगे र वालिङ नगरपालिका–८ बगालथोक घर भएका ३६ वर्षीय बगालेको शवका भएको पुष्टि गरे । बगाले गरिमा विकास बैंक वालिङ शाखा अन्र्तगत लघुबित्त शाखा प्रमुख हुन् ।

बगाले पाँच र ६ वर्षदेखि सोही शाखामा कार्यरत थिए । प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टका अनुसार मोटरसाइकलसहित सबै सामान पुलको छेउमा भेटिएको थियो भने करिब ५ किलोमिटर तल वालिङ–१३ गाहाखोलास्थित आँधीखोलाको किनारमा बगालेको शव फेला परेको हो । प्रहरी नायव उपरीक्षक बिष्टका अनुसार अहिले अनुसन्धान भइरहेको छ । अहिलेसम्म घटनाको कारण खुल्न सकेको छैन ।

तर बगालेको शव भने पोष्टमार्टम गरेर सोमबार नै परिवारलाई बुझाइएको जानकारी गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *