मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ सिजन वान सम्पन्न : यी बने बिजेता

काठमाण्डौँ ,२९ साउन – काठमाण्डौँमा समपन्न भएको मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ सिजन वानमा मिस्टर रमेश डाँगी र मिस लक्ष्मी राउत बिजेता बनेका छन ।

एक्सप्लोर इन्टरटेन्मेण्टको आयोजनामा समपन्न भएको मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ मा मिस्टर तर्फ फर्स्ट रनरअप प्रदिप राइ र सेकेण्ड रनरअप अशेष डंगोल भएका छन् भने मिस तर्फ फर्स्ट रनरअप स्वेता यादब र सेकेन्ड रनरअपमा कृति महर्जनले उपाधि जित्न सफल भएका थिए ।

सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिएर उनिहरुको आत्मा बिश्वासलाइ अझ मजबुत बनाइ उनीहरुको आत्माबललाई उजागर गराउने किसीमले आयोजना गरीएको मिस्टर एण्ड मिस फ्रेसर नेपाल २०१८ को अन्तिम प्रतिश्प्रधामा संचारकर्मी तथा कलाकार सुर्य चन्द, निर्माता तथा नायिका रोशनी केसी, समाजसेवी कृष्ण देबकोटा, निर्देशक प्रतिमाया पुन तथा संचारकर्मी राजेन्द्र लुइटेल निर्णायक मण्डलीमा रहेर बिजेता घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *