‘मेरो हजुर’ लिएर आइन् प्रेक्षा बम ठकुरी (भिडियोसहित)

काठमाडौं । गायिका प्रेक्षा बम ठकुरीको ‘मेरो हजुर’ बोलको गीत सार्वजनिक भएको छ । एक जोडीको प्रेम सम्वन्धलाई यस गीतमा प्रस्तुत गरिएको छ ।

यस गीतको गायनसंगै शब्द तथा संगीतपनि प्रेक्षाकै रहेको छ, भने गीतमा रिकेश गुरुङको एरेञ्ज रहेको छ ।

गीतको भाव र शब्द अनुसार भिडियोलाई निर्देशक तथा डान्स कोरियोग्राफर माइकल चन्दले फिल्मी शैलीमा प्रस्तुत गरेका छन् ।

सधै डान्सिङ गीतको भिडियो निर्देशन गरिरहने निर्देशक माइकलले यस गीतमा भने लव–स्टोरीलाई प्रथमिकता दिएका छन् । चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले खिचेको म्युजिक भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *