अब तेजाव छर्किनेलाई ८ वर्ष कैद र ५ लाखसम्म जरिवाना !

काडमाडौं । आगामी भदौ १ गतेदेखि नयाँ ऐन लागू हुँदैछ । मुलुकी ऐनको ‘गर्भ संरक्षण विरुद्धको कसूर’ दफा १९३ मा तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्ने निकृष्ट कार्यमा उद्यतका लागि कडा व्यवस्था गरिएको छ ।

सो कसूर गर्नेलाई प्रकृति हेरी अनुहार कुरुप पारेमा ५ वर्षदेखि ८ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अंग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याए तीन वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

जरिवाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *