नगरपालिकाका किसानलाइ ६३ लाख रुपैँया अनुदान

कञ्चनपुर , २५ साउन – कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किसानलाई रु ६३ लाख अनुदान दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आर्थिक वर्ष २०७४÷७५ मा पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रम सञ्चालन गर्न का लागि उक्त रकम अनुदान दिएको हो ।

किसानलाई ६ वटा धान पकेट कार्यक्रमका लागि रु १६ लाख ५० हजार उपलबध गराइएको छ । दुई पकेट क्षेत्रका लागि रु दुई लाख २५ हजारका दरले तथा चार पकेट क्षेत्रका लागि रु तीन लाखका दरले अनुदान प्रदान गरिएको नगरपालिकाका कृषि शाखाका प्रमुख बिन्दु कँुवरले जानकारी दिनुभयो ।

यस्तै तीन तरकारी पकेट क्षेत्रका लागि रु सात लाख ५० हजार अनुदान दिइएको छ । केरा पकेट क्षेत्रका लागि रु तीन लाख तथा तरकारी ब्लकका लागि रु ३३ लाख उपलब्ध गराइएको छ । सो अनुदान रकमबाट किसानले कृषि औजार, बीउबिजन, मलखाद, विषादीलगायत सामग्री खरिद गरेका छन् । “यसले धान, केरा र तरकारीको उत्पादनमा वृद्धि हुनाका सिाथै किसानक आत्मनिर्भर हुनेछन्,” कुँवरले भन्नुभयो । उक्त नगरपालिकामा आव २०७३÷७४ देखि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *