विप्लव समूहका प्रवक्ता तथा पूर्व मन्त्री विश्वकर्माले ७ करोड चन्दा असुली गरेको अभियोग

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको हो ।

प्रहरीले प्रवक्ता विश्वकर्मालाई उद्योगी व्यवसायीबाट ७ करोड भन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरेको दावी गरेको छ । प्रहरीले विकलाई चन्दा ऐन अन्तर्गत पाँच दिनका लागि जिल्ला अदालत काठमाडौबाट म्याद थपेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ ।

विकसँगै उहाँका सहयोगी हरिचन्द्र आचार्य र गाडीका चालक मनबहादुर श्रेष्ठलाई पनि पक्राउ गरेर मुद्दा चलाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *