विश्व आदिवासी दिवस इजरायलमा मनाइदै

काठमाण्डौँ , २३ साउन- इजरायलमा सदा झैँ यो बर्ष पनि विश्व आदिवासी दिवस भब्यताको साथ मनाउने कार्यक्रमको तयारी भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ इजरायलको आयोजनामा यहि अगष्ट १७ तारिख शुक्रबारको दिन आयोजना हुने कार्यक्रमको सबै तयारी पुरा भएको महासंघ इजरायलका अधक्ष्य नरेशकुमार श्रेष्ठले बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अधक्ष्य जगतबहादुर बरामको प्रमुख आथित्यमा हुने उक्त कार्यक्रमको मुख्य नारा “विश्वको आदिवासी जन जाति एक हौ । आफ्नु भेष-भुषा, भाषा, लिपि-कला, संस्कृतिको संरक्षण र सम्बर्धन गरौ । अधिकार,प्रतिनिधित्व र स्वशासनको लागि आदिवासी जनजातिको अडान । पहिचान सहितको संघियताका लागि संबिधान संशोधन हाम्रो साझा अभियान ।” भन्ने रहेको छ ।

आयोजकले इजरायलमा कार्यरत सम्पूर्ण नेपाली समुदायहरुमा गरिमामय उपस्थितिको आग्रह गर्दै कार्यक्रमलाई सफल बनाउन अपिल गरेको छ ।
उक्त कार्यक्रममा इजरायलमै रहेका स्थानीय नेपाली कलाकारहरुको बेजोड प्रस्तुति र सहभागिताका साथ बिभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *