अवैध धन्दा बढ्दै ,लागूऔषधसहित एक जना पक्राउ

लहान, २३ साउन – भारतीय सीमावर्ती सिरहाको औरही गाउँपालिका–१ दरहियाबाट आज बिहान एक युवकलाई प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ ।जाँच गर्ने क्रममा ओलीको साथबाट नाइटराभेट आर टेन ५८ पत्ता (प्रति पत्तामा ३० ट्याब्लेट) , स्पामो प्रोक्सिफोन आर प्लस ६ पत्ता (प्रति पत्तामा २४ क्याप्सुल) र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *