अपराध नियन्त्रणका लागि सिसी क्यामेराको जडान: प्रहरी कन्ट्रोलरुमबाटै निगरानी

रोल्पा, २१ साउन । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले
रोल्पाको सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । बजार क्षेत्रको सम्पुर्ण दैनीक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभएको छ ।

रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, विभिन्न बैंक र लेखापढी कानून व्यवसायी एशोसिएशनको संयुक्त लागतमा सदरमुकामका विभिन्न स्थानमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ ।

ती क्यामेरामध्ये चार वटा चारैतिर घुम्ने र छ वटा एकैतिर रहने खालका छन् । टुँडिखेल क्षेत्रमा तीनवटा, जनता बैंक अगाडि, लोकतान्त्रिक चोकमा , बीच बजारमा, पिपल चौतारामा सात्ताले खोलामा, शिवालय मन्दिरमा र जिल्ला प्रशासन कार्यालयको ढोकामा एक–एक वटा क्यामेरा रहेका छन् ।

जिल्ला सदरमुकामबाट विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो ।

ती क्यामेराका लागि उक्त नगरपालिकाबाट रू सात लाख र अन्य निकायबाट रु ११ लाख ६३ हजार गरी १८ लाख भन्दा बढीको लागतमा निर्माण भैरहेको उहाँले जानकारी दिनुएको छ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top