कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।

मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ।

यो वर्ष परीक्षामा करिब ४ लाख बिद्यार्थी सहभागी थिए। यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *