पेस्तोलसहित नेपाल आएका विहारका १८ वर्षीय जितेन्द्रकुमार राय समातिए

बर्दिबास । महोत्तरीको सम्सी गाउँपालिका—१ पर्सादेवाडबाट एक भारतीय नागरिक पेस्तोलसहित पक्राउ परेका छन् ।

हतियारसहित मोटरसाइकलमा नेपाल प्रवेश गरेका भारत सीतामढी जिल्ला झिटकैया विहारका १८ वर्षीय जितेन्द्रकुमार रायलाई सशस्त्र प्रहरी बल वोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो ।

बीआर ०६एक्यू १३४९ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका रायको साथमा एकथान पेस्तोल, त्यसमा लाग्ने म्यागजिन र ३ राउन्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक विदुर ढकालले बताए ।

स्थानीयले दिएको सूचनाको आधारमा समसी–१ स्थित पर्सादेवाड गाँउमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी निरीक्षक ढकालको टोलीले रायलाई पक्राउ गरेको हो । पक्राउ परेका रायलाई सस्त्र प्रहरीले बरामद हतियार र मोटरसाइकलसहित नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *