काठमाडौं । फिल्म ‘गोपी’ मा नयाँ अभिनेत्रीको प्रवेश भएको छ । छायाङ्कन सुरु हुन लागेको यो फिल्ममा अर्की अभिनेत्री वर्षा शिवाकोटीको इन्ट्री भएको हो ।
यो फिल्मको घाषणा कार्यक्रममा कलाकार खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त फाइनल गरिएको जानकारी गराइएको थियो ।
अहिले आएर फिल्मको छायांकन सुरु हुनु केही दिन अगाडि अर्की अभिनेत्री बर्षालाई फाइनल गरिएको निर्माणपक्षले जानकारी गराएको ट । यो फिल्मको पटकथालाई अन्तिम रुप दिएसँगै अभिनेत्री वर्षालाई फाइनल गरिएको निर्देशक दिपेन्द्र लामाले जानकारी गराएका हुन् ।
यो फिल्मको कथा अनुसार सुहाउने भएकाले सिवाकोटीलाई फाइनल गरिएको लामाले जानकारी गराएका छन् । उनले बताए अनुसार यो फिल्ममा दुई अभिनेत्री भएपनि त्रिकोणात्मक प्रेमकथालाई उठान गरिदैन ।
अभिनेत्री वर्षाको इन्ट्रिपछि यो फिल्म नयाँ ग्ल्यामर थपिएको अर्की अभिनेत्री सुरक्षाले बताएकी छन् । फिल्मलाई आरोही केसीले निर्माण गर्दैछन् । फिल्मको कार्यकारी निर्माताको रुपमा श्रीधर पौडेल हरेका छन् । यो फिल्म आगामी भदौ १ गतेबाट फ्लोरमा जाँदैछ । फिल्ममा दीपेन्द्रको कथा, सामिप्य तिमल्सिनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायांकन रहनेछ ।
यो फिल्मको रिलिज मिति भने आगामी चैतका १५ गतेलाई तोकिएको छ ।