आज नेपालले लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक शृङ्खला खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बेलायतको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी शृङ्खला खेल्दैछ ।

क्रिकेटको मक्का मानिने ऐतिहासिक लर्ड्स मैदानमा नेपालले दोस्रो पटक खेल्न लागेको हो । मैत्रीपूर्ण टी–ट्वेन्टी शृङ्खलाका लागि नेपाली टोली अहिले इङ्ल्याण्डमा छ ।

नेपालले आज साँझ नेपाली समयअनुसार सवा ६ बजे मेरेलीबोन क्रिकेट क्लव ९एम।सी।सी।०सँग खेल्नेछ भने साढे १० बजे नेदरल्याण्ड्ससँग खेल्नैछ ।

त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड्स र एम।सी।सी।बीचको खेल हुनेछ । एम।सी।सी।को कप्तानी श्रीलंकाली महान क्रिकेटर माहेला जयबर्दनेले गर्नेछन् ।

मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी०ले अन्तर्राष्ट्रिय टी–ट्वेन्टीको मान्यता दिएको छ ।

नेपालले सन् २०१५ पछि पहिलो पटक अन्तराष्ट्रिय टि ट्वेन्टी खेल्न लागेको हो । त्रिकोणात्मक सिरिजपछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ ।

त्यहाँ नेपालले नेदरल्याण्ड्ससँग आगामी बुधबार र शुक्रबार एक दिवसीय खेल खेल्नेछ । नेपालले एक दिवसीय शृङ्खला खेल्न लागेको यो पहिलो अवसर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *