अशोक दर्जीलाई बेपत्ता बनाएको भन्दै टंक बिरुद्ध उजुरी

काठमाडौं । भाइरल भइरहेका बालगायक अशोक दर्जीलाई संगीतकार टंक बुढाथोकीले बेपत्ता पारेको भन्दै दमक नगरपालिकाको वडा कार्यालयमा निवेदन परेको छ । बेथल बोर्डिङ स्कूलका प्रिन्सिपल दीपक न्यौपानेले बुढाथोकीले दर्जीलाई बेपत्ता पारेको भन्दै निवेदन दिएका छन् । कार्यालयमा अशोक दर्जीलाई झिकाउन माग गर्दै निवेदन बुझाएका छन् ।

संगीतकार बुढाथोकीले अशोक दर्जीलाई परीक्षा चलिरहेको समयमा स्कूलमा आई भोलि ल्याइदिने भन्दै अशोक दर्जीलाई लगेर गएका थिए ।
तर, आजसम्म पनि नल्याएपछि उनले सम्बन्धित व्यक्तिलाई झिकाई पाऊँ भन्दै उजुरी दिएका हुन्

निवेदनमा न्यौपानले बाल गायक अशोक दर्जीलाई उर्लाबारीस्थित बेथल बोर्डिङबाट भोलि नै फिर्ता ल्याउँछु भन्दै असार २३ गते लगेको र आजसम्म पनि उपस्थित नगराएको हुँदा बेपत्ता बालक र अपहरण शैलीमा बच्चा लाने व्यक्तिसँग यस कार्यालयमा उपस्थित गराइदिनु हुन अनुरोधसहितको निवेदन लेखेका छन् ।

केही दिनअघि मात्र प्रिन्सिपल दीपक न्यौपाने र टंक बुढाथोकीबीचको संवाद सार्वजनिक भएको थियो । उक्त अडियोमा टंकका दाइले प्रिन्सिपललाई थर्काएका थिए भने टंक र अशोकका बारेमा नकारात्मक लेख्नेको औंला काट्ने भन्दै आक्रोश पोखेका थिए ।
दमक–२ का वडाध्यक्ष प्रजापति सापकोटाले सम्बन्धित व्यक्तिलाई तत्काल झिकाउने विषयमा प्रक्रिया अघि बढाइएको जानकारी गराएका छन् । भाइरल भएका अशोक दर्जीलाई यतिबेला टंक बुढाथोकीले बोकेर हिँडिरहेका छन् ।

हल्लाका अनुसार टंक बुढाथोकीले अशोकलाई काठमाडौं पढाउने निर्णय गरेका छन् । उता बेथल स्कूलले पहिले नै अशोक दर्जी, उसका साथी र बहिनीहरुलाई पढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *