स्थगित भयो एसईई

काठमाडौँ । भोलिदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ । कोभिड-१९ (कोरोना भाईरस) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले परीक्षा स्थगित गर्ने निर्णय हो ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गठित उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार भोलिदेखि हुने भनिएको परीक्षा रोकिएको हो ।

एसईई परीक्षामा देशभरका ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुँदै थिए ।

पोखरेलका अनुसार अर्को सूचना सार्वजनिक नभएसम्मका लागि परीक्षा स्थगित भएको हो । तत्कालका लागि परीक्षा स्थगित गरिएपनि पुनः कहिले गर्ने भन्नेबारे भने सरकारले निर्णय गरेको छैन ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top