लकडाउनको समय कालोबजारी भैरहेको छ ? ११४९ मा फोन गर्नुस्

काठमाडौं । कोरोनाको नाममा हुने कालोबजारीका विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आइरहेको सरकार थप आक्रमक बन्ने देखिएको छ । बिहीबार टोल फ्रि नम्बर सार्वजनिक गर्दै गृहमन्त्रालयले लकडाउनको समयमा हुने कालोबजारीका विरुद्ध सरकारलाई साथ् दिन अनुरोध गरेको छ ।

कसैले कालोबजारी, कृतिम अभाव सिर्जना गरेको थाहा पाए निःशुल्क नम्बर ११४९ मा फोन गर्न गृहको अनुरोध छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको ‘लकडाउन’को समयमा हुने कालोबजारीलाई नियन्त्रण गर्न गृहमन्त्रालयले २४ घण्टा खुला रहने टोल फ्रि नम्बर उपलब्ध गराएको हो ।

‘यस जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधानको लागि तथा कालोबजारी, कृतिम अभाव सिर्जना गर्ने, जम्माखोरी जस्ता कार्य गरी बजारमा अत्यावश्यक उपभोग्य खाद्यवस्तुको अभाव देखिएमा यस मन्त्रालयको कुनै पनि शुल्क नलाग्ने र २४ घण्टा उठ्ने टोल फ्रि नम्बर ११४९ मा फोन गरी सहयोग गरिदिनु हुन अनुरोध छ’, बिहीबार गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top