यूएईमा दुई नेपालीमा कोरोना संक्रमण भेटियो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा दुई नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यूएईमा सोमबार दुई नेपालीसहित १४ नयाँ संक्रमित थपिएका हुन । योसंगै यूएईमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् ।

संक्रमितमध्ये २ जनाको अवस्था खतरापूर्ण रहेको बताइएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top