भ्यालेन्टाइन्स डेमा पप लिजेन्डहरुको गीत र फेशन शोको मजा !

काठमाडौं । आउँदो फेबु्रअरी १४ मा भ्यालेन्टाइन्स डेको अवसरमा रन वे फेशन शो र सांगीतिक क्रार्यक्रम हुने भएको छ ।

भ्यालेन्टाइन भाइब विथ क्रस–रोड्स नाम दिइएको उक्त कार्यक्रममा पप लिजेन्डहरु सञ्जय श्रेष्ठ तथा क्रस रोड ब्यान्ड, हरिस माथेमा, भिम तुलाधर, बबिन प्रधान, जेम्स प्रधान, सचिन रौनियार, बबिन प्रधानका साथै कविन्द्र श्रेष्ठले लाइभ पर्फमेन्स दिनेछन् ।

राज सिने आर्टसको प्रस्तुती रहेको उक्त कार्यक्रम लाजिम्पाट स्थित नेपाली चुलोमा हुने तय भएको छ ।

सुन्दरी मोडलहरुको रन वे फेशन शो सहितको ‘भ्यालेन्टाइन भाइब विथ क्रस–रोड्स’को इभेन्ट म्यानेजमेन्ट पंकज सिंहले गरेका हुन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top