भोलिदेखि मुलक ‘लकडाउन’, हेर्नुस् के-के गर्न पाइदैन

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को संक्रमण तिब्र रुपमा बढ्न थालेपछि सरकारले देशलाई ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । कोभिड १९को संक्रमण भेटिए लगतै सरकारले म‌ंगलबार बिहान ६ बजेदेखि ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोजकत्वमा गठित कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर ‘लकडाउन’ गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसंगै भोलि मंगलबारबाट सर्वसाधारण घर बाहिर निस्कन पाउने छैनन् । लक डाउनमा सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन भने सबै हवाइसेवा बन्द हुनेछन् ।

के हो ‘लकडाउन’ ?

कोरोना भाइरसविरुद्ध तयारीका रूपमा सरकारले गर्ने एउटा निर्णय हो ‘लकडाउन’ । यसलाई मानिसको दोहोरो आवाजावत रोक्न सरकारले अपनाउने वाध्यात्मक परिस्थितिका रुपमा पनि लिइन्छ । प्रष्ट रुपमा भन्दा कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म फैलिन नदिनका लागि अपनाइने कठोर सुरक्षा नै ‘लकडाउन’ हो ।

‘लकडाउन’ को मुख्य उद्देश्य मानिसको भीड कम गर्नु हुने भएकाले यस्तो बेला अत्यावश्यकबाहेक बाहिर निस्कन बन्देज लगाइन्छ ।

कयौं मुलुकहरुले अपनाएको यो तरिका नेपालले पनि शुरु गरेको छ । यही तरिकालाई अवलम्बन गर्दै सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ ।

विश्व स्वस्थ्य संगठन (डव्लुएचओ)ले कोरोनाको औषधि पत्ता नलागिसकेको अहिलेको अवस्थामा यो रोगबाट बच्न ‘लकडाउन’ नै उपयुक्त अस्त्र हुने बताइसकेका बेला ‘लकडाउन’ मा जानुको विकल्प देखिंदैन ।

हेर्नुस् के–के बन्द हुन्छ लकडाउनमा

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top