भारतका सबै रेलसेवा बन्द

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)ले यतिबेला विश्वव्यापी महामारीको रुप लिइरहेको छ । यूरोप, अमेरिका लगायतका देशहरुमा भाइरसको संक्रमण तिब्र रुपमा बढिरहेका बेला गत साता छिमेकी मुलुक भारतमा पनि यो भाइरस देखिएको थियो ।

गत साता पहिलो पटक देखा परेको कोरोना भाइरसको संक्रमण डरलाग्दो गरि बढ्न थालेपछि भारतले यसविरुद्ध आक्रामक उपाय अपनाउन थालेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा भारतमा रेलसेवा बन्द गरिएको छ ।

भारत सरकारले सबै यात्री ट्रेन, मेट्रो रेलसेवा र अन्तर्राज्यीय बससेवा ३१ मार्चसम्म बन्द गर्ने निर्णय गरेको हो । त्यहाँको रेल्वे विभागले जारी गरेको नयाँ आदेशका अनुसार २२ मार्च मध्य रातदेखि मार्च ३१ सम्म सबै यात्री ट्रेन बन्द हुनेछन् । अब केवल मालवाहक गाडीहरू मात्र चल्नेछन् ।

साथै सरकारले एक प्रेस विज्ञप्ति जारी गर्दै सबै राज्यहरुका यात्रुलाई अनावश्यक यात्रा नगर्न निर्देशन पनि दिइएको छ ।

कोरोना संक्रमणबाट भारतमा हालसम्म पाँच जनाको मृत्यु भैसकेको छ भने भने तीनसय ३२ जना संक्रमित भएका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top