नेपाल प्रहरी : अफवाह फैलाउनेलाई एक वर्ष जेल, १० हजार रुपैयाँ जरिवाना

नेपाल प्रहरीले कोरोना भाइरसबारे अफवाह नफैलाउन आग्रह गरेको छ । यदि कसैले अफवाह फैलाउने कार्य गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी पनि प्रहरीले दिएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२ अनुसार गलत अफवाह फैलाउनेलाई एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको छ ।

“यस किसिमका भ्रामक जानकारी र अफवाह फैलाउने कार्य प्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ साथै, यस्ता गतिविधिहरू प्रचलित ऐन कानुन अनुसार दण्डनीय भएको र मुलुकी अपराध संहिता अनुसार यसरी झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्छ । सो सजायका अतिरिक्त विद्युतीय माध्यम प्रयोग भएको हुँदा थप सजाय समेत हुनसक्छ ।”

एक जना पुरुष व्यक्तिको आवाज रहेको अडियोमा राजधानी काठमाडौंको कुनै अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भन्ने एक फेक अडियो सामाजिक सञ्जाल मार्फत भाइरल बनेपछि प्रहरीले यस्तो चेतावनी दिएको हो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top