थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन पुग्यो

काठमाडौं । नेपालमा थप एकजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ ।

स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा एक जनाको रिपोर्टमा कोभिड–१९ पोजिटिभ देखिएको अस्पतालले जानकारी दिएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । विश्वभर कोरोना भाइरसको लाइभ अपडेट दिइरहेको वर्डोमिटर्स डट इन्फोले पनि तीनजना संक्रमित देखिएको उल्लेख गरेको छ ।

संक्रमितबारे अन्य जानकारी भने खुलाइएको छैन । उनको टेकु अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

यसअघि चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

त्यसैगरी, ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको थियो । उनको पनि उपचार भैरहेको छ । त्यसको दुई दिनपछि बुधबार तेस्रो संक्रमित भेटिएका हुन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top