तेस्रो कोरोना संक्रमित व्यक्ति कतारबाट आएको खुलासा

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमण हुने तेस्रो व्यक्ति कतारबाट आएको खुलेको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएका ति व्यक्ति कतारबाट नेपाल आएका र केही दिन होटलमा बसेको खुलासा भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बुधबार पत्रकार सम्मेलनमार्फत यसको खुलासा गरेका हुन् । मन्त्री ढकालका अनुसार संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएका थिए ।

संक्रमित व्यक्तिको नाम भने खुलाइएको छैन । धादिङ घर भएका उनी ३२ वर्षीय पुरुष रहेको मन्त्री ढकालले जानकारी दिए । ति व्यक्ति कुन होटलमा बसेका थिए भन्नेबारे पनि केही खुलाइएको छैन ।

स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण रिपोर्टमा उनलाई कोभिड-१९ पोजिटिभ देखिएको थियो । यो सँगै नेपालमा कोभिड-१९ को सक्रमित संख्या तीन पुगेको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top