चीनतर्फका दुवै नाका खोल्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले चीनतर्फका दुवै नाका खोल्ने निर्णय गरेको छ । माघ १५ देखि बन्द रहेका रसुवागढी र तातोपानी नाका तत्काल सुचारु गर्ने सरकारले निर्णय गरेको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले मालसामान आयात/निर्यात गर्ने गरी  दुवै नाका खुलाउने निर्णय गरेको हो ।

निर्णयअनुसार स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी ति नाकाबाट मालसामान आयात/निर्यात कार्य सुचारु हुनेछ । उक्त  त्यसका लागि आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्ने निर्णयमा उल्लेख छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै रसुवागढी र तातोपानी नाका बन्द छ ।

०७२ मंसिरदेखि संचालनमा आएको रसुवागढी नाकाबाट बढी मात्रामा सामान आयात हुने गरको छ । दुई वर्ष अगाडि चीन सरकारले यस नाकालाई ‘अन्तर्राष्ट्रिय नाका’ घोषणा गरेको गरेको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top