चलचित्रमा क्षेत्रमा कोरोनाको असर : जेम्स बोन्डको ‘नो टाइम टु डाइ’ रिलिज मिति सर्यो

आगामी अप्रिल ३ देखि प्रदर्शनमा आउने भनिएको जेम्स बोन्डको चलचित्र ‘नो टाइम टु डाई’ को रिलिज मिति सरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चलचित्रको रिलिज मिति नोभेम्बरमा सारिएको बताइएको छ ।

चलचित्रका निर्माता माइकल जी. विल्सन र बारबरा ब्रोकोलीले ट्वीटरमार्फत् चलचित्रको रिलिज मिति ७ महिनाका लागि पोस्टपोन्ड गरिएको जानकारी दिएका हुन् । निर्माण पक्षका अनुसार बेलायतमा नोभेम्बर १२ र अमेरिकामा नोभेम्बर २५ देखि चलचित्र प्रदर्शन हुनेछ । यसअघि अप्रिल ३ देखि प्रदर्शनको तयारी गरिएको यस चलचित्रको वर्ल्ड प्रिमियर भने मार्च ३१ मा लण्डनमा हुने भनिएको थियो ।

डेनियल क्रेग, रामी मालेकम, लिया सेयडोउक्स, लाशाना लिन्च, आना डि आर्म्सलगायतका कलाकारले अभिनय गरेको यस फिल्मलाई केरी जोजी फुकुनागाले निर्देशन गरेका हुन् ।

जेम्स बोन्डको २४ औं सिरिजका रूपमा २०१५ मा रिलिज ‘स्पेक्ट्रा’ले विश्वमार्केटबाट ६७९ मिलियन डलर कमाएको थियो । स्पेक्ट्राले चीनबाट मात्रै ८४ मिलियन डलर कमाएको बताइएको थियो ।

२०१५ मा स्पेक्ट्राको रिलिजको पाँच वर्षपछि जेम्स बण्ड सिरिजको नयाँ फिल्म आउन लागेको हो ।

पछिल्लो समय कोरोनाका कारण हलिउड चलचित्र निर्माण र रिलिजमा प्रत्यक्ष असर परिरहेको छ । गतसाता पारामाउन्ट पिक्चरर्सले भेनिस, इटालीमा आफ्नो सातौँ ‘मिसन इमपोसिबल’ चलचित्रको छायांकन कार्यक्रम पनि स्थगित गरेको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top