गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

काठमाडौं । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति मागेको थियो । तर, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिनको अनुमति दिएका हुन् ।

आस्था सोमबार विहान परिवारका सदस्य संगै महानगरीय प्रहरी परिसर टेकु पुगेकी थिइन् ।

माघ १ गते त्रिभुवन अन्तर्रािष्ट्र्रय विमानस्थलमा प्रहरी जवान रमिता श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । विमानस्थलमा भएको विवादको विषयलाई लिएर आस्थाले आफ्नो फेसबुक लाइभमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक भएको थियो ।

श्रेष्ठले जाहेरी दिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माघ ५ गते राउतविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top