कोरोना सन्त्रास : १९२ देशमा संक्रमण, यूरोप र अमेरिकाको अवस्था भयावह (हेर्नुस् कुन देशको अवस्था कस्तो)

काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमितको संख्या निरन्तर घट्दै गएका बेला यूरोप, अमेरिका लगायतका अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । पछिल्लो समय भाइरस संक्रमणको दर निकै डरलाग्दो गरि फैलिइरहेको छ भने मर्नेहरुको संख्यासमेत दिनानुदिन बढिरहेको छ ।

गत डिसेम्बरको अन्तिम साता पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण सोमबारसम्म आइपुग्दा विश्वका १९२ देशमा पुगिसकेको छ । सोमबार दिउँसोसम्मको तथ्यांक हेर्दा यो भाइरसबाट संक्रमित हुनेको संख्या तीनलाख ३९ हजार सातसय १० पुगिसकेको छ ।

खासगरी यूरोप र अमेरिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

यूरोपेली देश इटली कोरोनाको कारण निकै गम्भिर संकटतर्फ पुगेको छ । इटलीमा कोरोना संक्रमणको दर र कोरोना संक्रमितको मृत्युको दरमा गुणात्मक रुपमा बृद्धि भईरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटलीमा ६५१ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

सार्वजनिक तथ्यांकअनुसार पछिल्लो समय इटलीमा दैनिक ६ सय बढिले ज्यान गुमाईरहेका छन् । सोमबारसम्म आइपुग्दा इटलीमा पाँचहजार चारसय ७६ जनाले ज्यान गुमाएका छन् ।

गत १५ फ्रेबुअरीमा इटलीमा पहिलो पटक कोरोनाका संक्रमित भेटिएका थिए । सार्वजनिक तथ्यांकअनुसार हालसम्म इटलीमा झण्डै ६० हजार कोरोना संक्रमित छन् ।

यता, अमेरिकामा पनि कोरोना संक्रमितको संख्यामा दिनानुसिन बढ्दै गैरहेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ९ हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा सोमबारसम्म ३५ हजार ६० जना संक्रमित देखिएका छन् ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या पनि अप्रत्यासित रुपमा बढिरहेको छ । सार्वजनिक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्रै ११८ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण अमेरिकामा हालसम्म ४५७ जनाले ज्यान गुमाएका छन् ।

हेर्नुस् देशअनुसार कोरोनाको संक्रमणको र मृत्युको अवस्था

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top