कोरोना सन्त्रास : सोमबार दिउसोसम्म ६,६८४ भन्दा बढीको मृत्यु (हेर्नुस् तथ्यांक)

काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएको भनिएका बेला अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । पछिल्लो समय भाइरस संक्रमणको दर डरलाग्दो गरि फैलिइरहेको छ ।

सोमबार साझ ७.०० बजेसम्मको तथ्यांकअनुसार १५९ देशमा भाइरसको संक्रमण पुगिसकेको छ । प्राप्त पछिल्लो रिपोर्टअनुसार कोरोना भाइरसका कारण हालसम्म ६ हजार ६ सय ८४ को मृत्यु भैसकेको छ भने १ लाख ७४ हजार १ सय १५ जनामा यसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण हालसम्म चीनमा सबैभन्दा बढी मरेका छन् । चीनमा ३ हजार २ सय १३ जनाको ज्यान गैसकेको छ ।

चीनपछि इटालीमा सबैभन्दा बढी १ हजार ८ सय ९ जनाको ज्यान गएको छ भने इरानमा ८ सय ५३ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी स्पेन र दक्षिण कोरियामा क्रमस: ३ सय ९ र ७५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा ६९ जनाको ज्यान गएको छ ।

यता विश्व स्वास्थ्य सङ्गठन (डब्लुयूएचओ) ले कोभिड–१९ अर्थात कोरोना भाइरसको कारण विश्वको अवस्था के होला भनेर अनुमान गर्न नसकिने अवस्था आएको बताएको छ ।

सङ्गठनका प्रमुख टेड्रोस अडानोम गेब्रेयसिसले कोरोना भाइरस अनौठो खालको भएको र अहिलेसम्म नियन्त्रणको सही उपाय नभेटिएकोले विश्वको अवस्था के होला भन्ने थाहा पाउन नसकिएको बताएका हुन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार राती कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ । डब्लुएचओको घोषणासँगै विभिन्न मुलुकहरुले भाइरसबाट बच्न थप सतर्कता अपनाउन थालेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top