कोरोना सन्त्रास : शनिबार दिउसोसम्म ५५०० भन्दा बढीको मृत्यु (हेर्नुस् तथ्यांक)

काठमाडौं । छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । चीनमा कोरोना संक्रमण घट्दै गएको भनिएका बेला अन्य मुलुकहरुमा भने अप्रत्यासित रुपमा बढिरहेको छ । पछिल्लो समय भाइरस संक्रमणको दर डरलाग्दो गरि फैलिइरहेको छ ।

शनिबार दिउसो ५.४५ बजेसम्मको तथ्यांकअनुसार १४९ देशमा भाइरसको संक्रमण पुगिसकेको छ । प्राप्त पछिल्लो रिपोर्टअनुसार कोरोना भाइरसका कारण हालसम्म ५ हजार ५ सय ४७ को मृत्यु भैसकेको छ भने १ लाख ४८ हजार ६ सय ५२ जनामा यसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण हालसम्म चीनमा सबैभन्दा बढी मरेका छन् । चीनमा ३ हजार १ सय ८९ जनाको ज्यान गैसकेको छ ।

चीनपछि इटालीमा सबैभन्दा बढी १ हजार २ सय ६६ जनाको ज्यान गएको छ भने इरानमा ६ सय ११ जनाको मृत्यु भैसकेको छ । त्यसैगरी दक्षिण कोरियामा ७२ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो समय अमेरिकामा पनि कोरोनाबाट मृत्यु हुनेको तथ्यांक डरलाग्दो गरि आएको छ । अमेरिकामा ५० जनाको ज्यान गएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बुधबार राती कोरोना भाइरसलाई महामारी घोषणा गरेको छ । डब्लुएचओको घोषणासँगै विभिन्न मुलुकहरुले भाइरसबाट बच्न थप सतर्कता अपनाउन थालेका छन् । अन्तराष्ट्रिय उडानहरु बन्द गरिएका छन् भने बिभिन्न देशले आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्न थालेका छन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top