खेलकुदमा कोरोनाको असर : रियल म्याड्रिडको पुरै टिम क्वारेन्टाइनमा

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड-१९) को संक्रमण डरलाग्दो गरि फैलिरहेका बेला खेलकुद क्षेत्रमा पनि यसको असर देखिएको छ । कोरोनाको आशंकामा स्पेनिस क्लब रियल म्याड्रिडको पुरै फुटबल र बास्केटबल टिमलाइ क्वारेन्टाइनमा राखिएको छ ।

रियल म्याड्रिड क्लबका एक बास्केटबल खेलाडीलाई कोरोना संक्रमणको पुष्टि भएसंगै बास्केटबल र फुटबल टिमका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

रियल म्याड्रिडले अर्को सूचना नभएसम्मका लागि क्लबका सबै खेल बन्द गरेको जानकारी दिएको छ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top