कोरोना महामारी : प्रत्येक एक मिनेटमा दुई जनाको मृत्यु, दुई सेकेन्डमा एक जनालाई संक्रमण

काठमाडौँ । विश्वव्यापी महामारीकोको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पछिल्लो समय निकै डरलाग्दो गरि फैलिएको छ । संक्रमणको दर यति तीव्र छ कि प्रत्येक दुई सेकेन्डमा एक जनालाई यसको संक्रमण देखिन थालेको छ ।

गत डिसेम्बरको अत्यतिर छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस तिब्र गतिमा फैलिंदै जाँदा अहिलेसम्म १ सय ९८ देशमा पुगिसकेको छ । ४ लाख ८८ हजार ५५ जना यस भाइरसबाट संक्रमित भएका छन् भने २२ हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

कोरोनाको संक्रमण र यसबाट मर्नेको संख्या दिनानुदिन बढिरहेका बेला गत मंगबार एकै दिनमा ४३ हजार ८ सय १५ नयाँ संक्रमित थपिएका थिए ।

यो तथ्यांकलाई हिसाव गर्दा प्रत्येक दुई सेकेन्डमा एक जना नयाँ संक्रमित थपिइरहेको देखिन्छ । २४ घण्टामा ८६ हजार ४ सय सेकेन्ड हुन्छ । कोरोना भाइरसबाट २४ घण्टामा ४३ हजार ८ सय १५ जना नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार अमेरिकामा मात्रै ११ हजार ८९ जना नयाँ संक्रमित फेला परेका थिए । जसको हिसाव गर्दा अमेरिकामा प्रत्येक ७ सेकेन्डमा एक जना संक्रमित भेटिन थालेको देखिन्छ ।

मंगलबार स्पेनमा ६ हजार ९ सय २२ जनामा संक्रमण देखिएको थियो भने इटालीमा ५ हजार २ सय ३९ जना नयाँ संक्रमित थपिएका थिए । मंगलबार जर्मनीमा ३ हजार ९ सय ३५, फ्रान्समा २ हजार ४ सय ४८ जना , इरानमा १ हजार ७ सय ६२, बेलायतमा १ हजार ४ सय २७ र स्विजरल्याण्डमा १ हजार ८२ जना नयाँ संक्रमित भेटिएका थिए ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि डरलाग्दो छ । मंगलबार एकै दिनमा २ हजार ३ सय ८४ जनाको मृत्यु भएको थियो । जसको हिसाव गर्दा प्रत्येक एक मिनेटमा करिब २ जनाको मृत्यु भइराखेको देखिन्छ ।

मृत्यु हुनेहरुको संख्या सबै भन्दा बढि इटालीमा रहेको छ । बिहीबारसम्म इटालीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । यो संख्या चीनमा कोरोनाबाट ज्यान गुमाउनेको भन्दा करिब दोब्बर हो । चीनमा कोरोनाबाट अहिलेसम्म ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ ।

प्रस्तुत तथ्यांक हामीले वल्र्डोमिटर्स डट इन्फोबाट लिएका हौँ

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top