कोरोना भाइरसको उत्पत्ति अमेरिकामा भएको जापानी मिडियाको सनसनीपूर्ण खुलासा

एक जापानी सञ्चारमाध्यमले कोरोना भाइरसको उत्पत्ति अमेरिकामा भएको आशंका गरेको छ गत वर्षको जाडो याममा अमेरिकामा १४ हजार मानिसहरु इन्फ़्लुएञ्जाको प्रकोपबाट मरेको आंकडा प्रस्तुत गर्दै ‘असहि कर्पोरेसन अफ जापान टिभी’ले सम्भवत:असावधानीको कारणले त्यसैबाट कोही संसर्गमा आएको हुनुपर्ने अनुमान गरेको छ यो समाचार अहिले चिनियाँ सामाजिक सञ्जालमा व्यापक मात्रामा फैलिएको छ

अमेरिकी सरकार उक्त इन्फ़्लुएञ्जाको पहिचान र रोकथाम गर्न असफल रहेकाले त्यसले महामारीको रुप लिएको हुनसक्ने सो समाचारमा जनाइएको छ

गत फेब्रुअरी १४ मा युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडिसी) ले लस् एञ्जेल्स, सान फ्रान्सिस्को, सियाटल, शिकागो र न्युयोर्क जस्ता ठूला शहरहरुको हेल्थ ल्याबहरुमा रुघाखोकीबाट ग्रसितलाई कोरोना भाइरसको परीक्षण गरिने बताएको थियो

यद्यपि इन्फ़्लुएञ्जाबाट ज्यान गुमाउने अमेरिकीहरु कोरोना भाइरसको संसर्ग भए नभएको भने असहि टिभीले किटान गरेको छैन सो टिभीको यस समाचारले चिनियाँ साइबर स्पेसमा भने ठूलो हलचल ल्याईदिएको छ

गत अक्टोबरमा चीनको वुहानमा मिलिटरी वोर्ल्ड गेम आयिजना भएको र उक्त गेममा भाग लिन आएका अमेरिकी खेलाडीले कोरोना भाइरस चीनमा प्रवेश गराएको हुनसक्ने चिनियाँहरु माझ विश्वास बढ्दै गएको बताइन्छ

सांघाईको फुदान युनिभर्सिटीका इन्टरनेसनल रिलेसनका प्रोफेसर शेन यीका अनुसार ग्लोबल भाइरस बिज्ञहरु र गुप्तचर संस्थाहरुले कोरोना भाइरसको उत्पत्तिको बारेमा गहन खोजविन गरिरहेका छन् सामाजिक संजाल प्रयोगकर्ताहरुलाई पनि यस्ता क्रियाकलापहरुमा उत्साहपूर्वक सहभागी हुन प्रोत्साहित गरिएको छ

‘यस भाइरसबाट ग्रसित हुनेको लक्षण र प्रकोप सबैको लागि प्रमाण त हुने नै भयो यस रोगलाई लुकाउन निकै कठिन समेत छ’, शेनले सबै सर्वसाधारणहरुलाई हल्लामा भन्दा तथ्यमा विश्वास गर्न अनुरोध गरेका छन्

यो महामारीको किटान हुन बिभिन्न वैज्ञानिक परीक्षणको आवश्यकता पर्ने भएकाले मिडियाहरुले निश्चित भएपछि मात्र रिपोर्टिङ गर्नुपर्ने उनको भनाइ छ असहिको रिपोर्टिङ अस्पष्ट हुनुका साथै कोरोना भाइरस अमेरिकामा भन्दा चीनमा निकै गम्भीर र हानिकारक हुन गएको भन्दै पाठक तथा दर्शकहरुलाइ दिग्भ्रमित पार्ने खालको भएको शेनको तर्क थियो

अमेरिकी अधिकारीहरुले अहिलेसम्म अमेरिकामा नोबल कोरोना भाइरसबाट ग्रसित ३५ वटा केसहरु फेला पारेका छन्

सञ्चारमाध्यमहरुले युएस सीडिसिले यस भाइरसले महामारीको रुपलिनु अघिनै हेल्थ केयर सेन्टरहरुसंग मिलेर त्यस विरुद्ध लड्ने तयारी गरिरहेको बताएका छन् ब्रिटिश समाचार प्रदायक संस्था रायटरले पनि युएस स्वास्थ्य अधिकारीहरुको हवाला दिँदै भाइरस फैलिनु अगाडि नै स्कुल र व्यवसायहरु बन्द गर्न दबाब दिइरहेको बताएको छ

अमेरिकी अधिकारीहरु सिजनल फ्लुसंगै कोरोना भाइरस फैलियो भने इमर्जेन्सी कक्षहरु र मेडिकल आपूर्तिमा कठिनाई पुग्नेतर्फ सचेत देखिएको संचार माध्यमहरुले जनाएका छन् सन् २०१० देखि अमेरिकामा सिजनल फ्लुबाट वर्षेनी चार  करोड ५० लाखसम्म जनताहरु ग्रसित हुने गरेको बताइन्छ

(एजेन्सीहरुको सहयोगमा)

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top