कोरोनाबारे फोनबाटै चिकित्सकसंग परामर्श लिन सकिने (यी हुन् सम्पर्क नम्बर)

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को विश्वव्यापी महामारीका कारण सर्वत्र त्रास फैलिरहेका बेला नेपाल चिकित्सक संघले कोरोना संक्रमणसँग सम्बन्धित आवश्यक परामर्श टेलिफोनबाटै दिने भएको छ ।

१३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गर्दै संघले यस्तो निर्णय गरेको हो ।

आइतबार एक सूचना जारी गर्दै संघले आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भिडभाड हुने स्थानमा नजान आग्रहसमेत गरेको छ । साथै चिकित्सक परामर्श सेवाको आवश्यकता परे संघको केन्द्रीय कार्यालयका विशेषज्ञ चिकित्सकसंग परामर्श गर्न अनुरोध गरेको हो ।

 

 

 

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top