कैलालीमा भएको विस्फोटमा परि एकजनाको मृत्यु

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका ४ मा भएको विस्फोटनमा परि एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो ।

विकले घर नजिकै भेटेको फलाम जस्तो वस्तुलाई चलाउन खोज्दा पड्किएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top