एसिया-११ का लागि नेपालका सन्दिपसहित १५ खेलाडीको नाम सार्वजनिक

आगामी मार्च १८ देखि बंगलादेशमा हुने टि–ट्वान्टी सिरिजका लागि एसिया–११ ले टिम घोषणा गरेको छ । विश्व–११ विरुद्ध हुने खेलका लागि बंगलादेश क्रिकेट बोर्डले मंगलबार १५ खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको नामावलीमा सन्दीप लामिछाने पनि पर्न सफल भएका छन् । एसिया–११ को टिममा पर्ने सन्दीप एक्लो नेपाली खेलाडी हुन् ।

एसिया–११ मा भारतीय खेलाडीहरुको वर्चस्व रहेको छ । सार्वजनिक नामावलीमा भारतीय राष्ट्रिय टिमका कप्तान विराट कोहोलीसहित केएल राहुल, शिखर धवन, रिसव पन्त, मोहमद शामी र कुलदिप यादवले परेका छन् ।

त्यसैगरी बंगलादेशका तामिम इकवाल, लिटोन दास, मुस्फिकुर रहिम र मुस्ताफिजुर रहमानले एसिया-११ मा स्थान बनाएका छन् ।

एसिया-११ बाट खेल्ने खेलाडीको सूचीमा श्रीलंका र अफगानिस्तानका दुई-दुई खेलाडी परेका छन् । श्रीलंकाका थिसारा परेरा र लाथिस मलिङ्गाले टिममा स्थान बनाउँदा अफगानिस्तानका रासिद खान र मुजिव यूआर रहमानको नाम रहेको छ ।

खेल मार्च १८ र २१ मा ढाकामा हुनेछ ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top