ईटालीमा कोरोना संक्रमण भयावह, ८० वर्ष पुगेका विरामीको उपचार नगरिने

काठमाडौँ । छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको प्राणघातक कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । पछिल्लो समय भाइरस संक्रमणको दर डरलाग्दो गरि फैलिइरहेको छ ।

कोरोना भाईरसको प्रभाव अत्यन्त्र द्रुत गतिमा बढ्दै गएपछि ईटालियन सरकारले ८० वर्ष नाघेकाहरुको सघन उपचार नगर्ने भएको छ । कोरोभा भाईरसको संकट तिब्र बन्दै जाँदा विरामीहरुको चापले अस्पतालमा विशेष र सघन उपचारकालागि पर्याप्त बिधि, चिकित्शक र बिस्तारा नभएको भन्दै त्यहाँको संकट व्यवस्थापन ईकाईले सरकारलाई सुझाव  दिएपछि ईटालियन प्रधनमन्त्रीले यस्तो निर्णय गरेको बताइएको छ ।

ईटालियन प्रधानमन्त्री गिसेपले आफ्नो देश ज्यादै जोखिमपूर्ण अवस्थामा पुगेको तर जोखिमको टुप्पोमा अझै पुग्न बाँकि रहेको बताएका छन् ।

इटालीमा चीनपछि सबैभन्दा बढी २ हजार १ सय ५८ जनाको ज्यान गएको छ भने २७ हजार ९ सय ८० जना संक्रमित भएका छन ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top