अनिवार्य क्वारेन्टाइनमा बस्ने गरि सीमानामा अड्किएका नेपालीले प्रवेश पाउने

काठमाडौ । सरकारले नेपाल-भारत सीमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

मंगलबार बसेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोनाको त्रासले भारतबाट सीमा नाकामा आइपुगेका नेपालीहरुलाई अनिवार्य क्वारेनटाइनमा बस्नुपर्नेबस्ने गरि आज एकदिनका लागि प्रवेश दिने निर्णय भएको जानकारी दिए ।

सरकारले आइतबार नै सीमा बन्द गरिसकेकाले उनीहरुले नेपाल प्रवेश गर्न पाएका थिएनन् ।

यो सामग्री सेयर गर्नुहोस

error0
तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top